वडाध्यक्ष रिजालको निधनमा काठमाडौँ महानगरमा आज शोक बिदा
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिएको छ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले आज बिदा दिने निर्णय गरेको हो। शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए। रिजालको उपचारको क्रममा हिजो निधन भएको थियो । उच्च ज्वरो र निमोनिया देखिए पछि रिजाललाई ग्रान्डी अस्पताल लगिएको थियो।