सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगा र कैलारी गापाका कर्मचारी,जनप्रतिनिधि तथा बुद्धिजीवीलाई ३ दिन द्वन्द्व रुपान्तरणबारे तालिम दिइने

२०८० भदौ २१, ०९:५३ खबर संवाददाता

धनगढीः  कैलालीमा गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका जनप्रतिनिधी, नागरीक समाज र समाजका अगुवाहरुलाई द्धन्द्ध रुपान्तरणका लागि तालिम दिइएको छ।

सामाजिक परिवर्तन केन्द्र काठमाण्डौंको आयोजनामा जनप्रतिनिधि, नागरीक समाज र अगुवालाई लक्षित गरी सामाजिक द्वन्द्व , प्रभाव र समाज रुपान्तरणबारे अभिमुखिकरण कार्यक्रमको बिहीवारबाट शुरु गरिएको आयोजकले जानकारी दिएको छ।

उक्त कार्यक्रममा दुबै पालिकाका गरेर २५ जना तालिममा सहभागी रहेका छन्। तालिम तीन दिनसम्म सञ्चालन हुने सामाजिक परिर्वतन केन्द्रका फिल्ड अफिसर तपराज जोशीले बताए। कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरु, वडा सचिव, नागरीक समाजका प्रतिनिधी न्यायिक समितिका सदस्य लगायतको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस