कञ्चनपुरबाट चार लाख ७५ हजारका अवैध सामान बरामद
धनगढीः कञ्चनपुरबाट चार लाख ७५ हजार बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ भानु पार्टी प्यालेस नजिकबाट भन्सार छलीका सामान बरामद गरिएको हो।
चार लाख ७५ हजार नौ सय ५० रुपैयाँ मूल्य बराबरका स्वीच बोर्ड, एमसिबि, एमसिल, कब लाइट, सानो लिड बल्ब, कपडा, फ्रेम फोटा, गिप्ट पेपर, प्लाष्टिक जाली, कब्जा, वासर, स्टिल पराद , मटर दाल , पास्ता, चना ,तामको दिया लगायत विभिन्न सामान प्रहरीले बरामद गरेको हो।
भन्सार छलीका सामानको कानून बमोजिम कारबाहीका लागि भन्सार कार्यालय, गड्डाचौकी पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ।