सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीप विरुद्धको मुद्दाको बहस सुरु

२०८० भदौ २१, ०४:०८ खबर संवाददाता

काठमाडौंः  सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंमा फैसला बहस सुरू भएको छ।

न्यायाधीश सकुन्तला कार्कीको इजलासमा सरकारी वकिलबाट बहस प्रारम्भ गरिएको हो। सरकारी वकिल सुरवीर परियारले बहस सिध्याएका छन् भने वादीपक्षका अन्य वकिलहरुले बहस गरिरहेका छन्। वादी पक्षको बहसपछि प्रतिवादी सन्दीपको पक्षबाट बहस सुरू हुनेछ। आज दुवै पक्षको बहस सकिने सम्भावना न्यून छ।

यदि न्यायाधीशले आफ्नो इजलासबाट पन्छाउन नचाहेमा हेर्दाहेर्दैमा राखेर बहसलाई निरन्तरता दिनेछिन्। उनले नै फैसला सुनाउने छिन्। फैसला बहस सुन्न प्रतिवादी सन्दीप लामिछाने अदालतको इजलासमा उपस्थित छन्। यस्तै जाहेरीकर्ता पनि इजलासमै रहेकी छन्। बन्द इजलासमा बहस भइरहेको छ।यसअघि १४ पटकसम्म पेशी तोकिए पनि फैसलाको सुनुवाइ हुन सकेको थिएन्। 
 

कमेन्ट लोड गर्नुस