सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

२०८० भदौ २१, ०७:५८ खबर संवाददाता

काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ। लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दाको अन्तिम बहस पटक-पटक स्थगित हुँदै आएको छ।

भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो।

१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटेलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। मुद्दाको टुङ्गो नलागेकै अवस्थामा सन्दीपले पाकिस्तान र बङ्गलादेश पुगेर एसिया कप खेली नेपाल फिर्ता भइसकेका छन्। 

कमेन्ट लोड गर्नुस