सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिवाकरको निर्देशनमा चलचित्र ’मायावी’ बन्ने

२०८० भदौ २०, ०५:२२ खबर संवाददाता

काठमाडौँः दिवाकर भट्टराईको निर्देशनमा चलचित्र ’मायावी’ बन्ने भएको छ। कृष्ण जन्माष्टमीको अवसर पारेर फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।mayabi-1693998894.jpg

फिल्मको कथा निर्देशक भट्टराईले तयार पार्नेछन्। प्रेमकथामा बन्ने फिल्ममा तीन अभिनेता र दुई अभिनेत्री रहने बताइएको छ। फिल्ममा एक अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भइसकेकी छन्। फिल्म ’ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो। फिल्मका अन्य कलाकार र प्राविधिक चाँडै सार्वजनिक गरिने निर्देशक भट्टराईले बताए।

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ। फिल्म असोज २ गतेबाट छायांकन हुनेछ। भट्टराईले फिल्म ’मेरो जीवन साथी, स्टुपिड मन, ड्रिम्स, र ऐश्वर्य लगाएतका चलचित्र निर्देशन गरिसकेका छन्। उनले पछिल्लो समय फिल्म ’क्याप्टेन’ निर्देशन गरेका थिए।
 

कमेन्ट लोड गर्नुस