सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका नगर प्रहरीलाई अग्नी नियन्त्रण तालिम

२०८० भदौ २०, ०२:५१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाभित्र कार्यरत नगर प्रहरीलाई अग्नी नियन्त्रण सम्वन्धि तालिम दिने काम भइरहेको छ।

उपमहानगरपालिकाद्वारा सञ्चालित सुपर परियोजनाको आयोजनामा नगर प्रहरी र दमकल इकाईमा कार्यरत कर्मचारीहरूलाई चार दिने अग्नी नियन्त्रण सम्वन्धि तालिम दिने काम भइरहेको हो।

मंगलबारदेखि सुरु भएको तालिम शुक्रबारसम्म चल्ने उपमहानगरपालिकाले जनाएको छ। चार दिने आधारभूत अग्नी नियन्त्रण तथा उद्दार तालिममा नगर प्रहरी लगायतको सहभागिता रहेको छ।
 

कमेन्ट लोड गर्नुस