सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल पहिले ब्याटिङ गर्दै

२०८० भदौ २०, ०८:५० खबर संवाददाता

काठमाडौंः नेपालले आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा युएईविरुद्ध पहिले ब्याटिङ गर्दै छ। नेपाल अपराजित रुपमा समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गर्न चाहन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो।

तेस्रो खेलमा भुटानलाई ३ विकेटले हराएको नेपालले चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो। उता, अपराजित युएई पनि नेपाललाई पराजित गरि अपराजित रुपमा सेमिफाइनल पुग्न चाहन्छ। प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ।

२२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ। प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ। सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्।

समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन्।

कमेन्ट लोड गर्नुस