सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको तुलसी माविमा लागुऔषधविरुद्धको कार्यक्रम

२०८० भदौ १९, ०९:४३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरीले जारी राखेको लागुऔषध विरुद्धको महाअभियानअन्तर्गत मंगलवार धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीस्थित राष्ट्रिय तुलसी माध्यामिक विद्यालयमा कार्यक्रम गरिएको छ।

विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत ६७ विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतना प्रदान गरिएको हो। प्रदेश प्रहरीका अनुसार विद्यार्थीहरुलाई लागुऔषधको परिचय, सेवनकर्तामा देखिने लक्षण, समग्र रुपमा पार्ने वृहत असर र कानूनी प्रावधानको विषयमा प्रशिक्षण दिएका थिए।

प्रशिक्षणमा सहभागीहरुबाट लागुऔषध सम्बन्धी सोधिएका जिज्ञासाहरुको सम्बोधन समेत गरिएको थियो ।
 

कमेन्ट लोड गर्नुस