सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनेरास्ववियु डोटी बिदाको दिन चल्ने सरकारी गाडी नियन्त्रणमा लिदै

। फोटो स्रोत ।
२०८० भदौ १९, ०७:१४ खबर संवाददाता

धनगढीः डोटीमा अनेरास्ववियुले बिदाको दिनमा पास बिना चल्ने सरकारी गाडी रोक्दै आएको छ। जिल्लामा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बिदाको दिन बिना पास चल्ने सरकारी गाडी नियन्त्रणमा लिने अभियान चलाएको हो। 

डोटीमा सरकारी गाडीको दुरुपयोग भएको आलोचना आएपछि सार्वजनिक बिदाको दिन बिना पास चल्ने सरकारी गाडीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने गरेको अनेरास्ववियु डोटीले जनाएको छ। 

गत शनिवार शिखर नगरपालिका र बडीकेदार गाउँपालिकाका गरि दुई मोटरसाईकल नियन्त्रणमा लिइएको सो संगठनले श्रावण ६ गते पहिलो पटक मालपोत कार्यालय डोटीको नाममा रहेको मोटरसाईकल नियन्त्रणमा लिई अभियानको थालनी भएको थियो। 
साउन १३ गते यातायात व्यवस्थापन कार्यालय राजपुर, सडक डिभिजन कार्यालय, कारागार कार्यालय र भू–क्षय नियन्त्रण तथा जलाधार कार्यालयको गाडी नियन्त्रणमा लिईएको थियो। साउन २० गते कर कार्यालयको स्कारपियो, वन कार्यालय, सघन सहरी कार्यालय, र सडक डिभिजन कार्यालयका मोटरसाईकल नियन्त्रणमा लिई अनेरास्ववियुले प्रहरीलाई बुझाएको छ।

साउन २७ गते के आई सिंह गाउँपालिका, सडक डिभिजन र घरेलु कार्यालय राजपुरको मोटरसाईकल, भाद्र ६ गते आदर्श गाउँपालिकाको गाडी र भदौ ८ गते खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयको मोटरसाईकल नियन्त्रणमा लिइएको अनेरास्ववियुले जनाएको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको ज्ञापन पत्रमा सार्वजनिक बिदा र कार्यालय समयभन्दा बाहिर सञ्चालन हुने सवारी सधानहरुलाई नियन्त्रण गर्नु पर्ने र सबैै सरकारी कार्यालय तथा स्थानीय तहमा हुने भ्रष्टाचार र नीतिगत भ्रष्टाचार छानबिन गरि नियन्त्रण, नियमन तथा कारबाही गर्नु पर्ने माग राखिएको थियो।


 

कमेन्ट लोड गर्नुस