भारतविरूद्ध आजको खेलमा शतक हान्ने खेलाडीलाई शुक्लाफाँटा नगरपालिकाले एक लाख रुपैयाँ दिने

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्ध आजको खेलमा शतक हान्ने खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।
श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारीखेलमा नेपालले भारतविरुद्ध खेलिरहेको छ। भारतले टस जितेर पहिले फिल्डिङ् गर्ने निर्णय गरेको हो। पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको नेपाल भारतलाई जित्नैपर्ने दबाबमा छ।
यस्तै, नग।पालिकाले चार विकेट लिने खेलाडीलाई पनि जनही एक÷एक लाख दिने भएको छ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एशिया कप क्रिकेट प्रतियोगिता २०२३ मा श्रीलंकामा शतक हान्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।
नेपाली राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मानका लागि पुरस्कार दिएर हौसला बढाउन सोमबार बसेको नगर प्रमुख स्तरीय बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता लालबहादुर ऐरले बताए।
.gif)


