धनगढीको न्यु एरा स्कुलका विद्यार्थीले गरे आविष्कार केन्द्रलाई सहयोग
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको न्यु एरा स्कुलका विद्यार्थीहरूले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन्।
कक्षा पाँचसम्म पढाइ हुने विद्यालयका विद्यार्थीले खाजा खर्चबाट पैसा बचाएर आविष्कार केन्द्रलाई सहयोग गरेका हुन्। विद्यालयका दुई सय विद्यार्थीले जनही पाँच/पाँच रुपैयाँ संकलन गरेर महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिएको विद्यालयका संस्थापक सुरेन्द्र बोहराले बताए।