सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

२०८० भदौ १७, ०६:१२ खबर संवाददाता

धनगढीः  कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ।

कैलालीको भजनी नगरपालिका–५ कर्मदेवघाटबाट भन्सार छलिका अन्दाजी २५ हजार मुल्य बराबरका माछा, धनगढी उप–महानगरपालिका–२ बाट भन्सार छलिका अन्दाजी ९ हजार मुल्य बराबरका लेडिज सुट आईतबार बिहान प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ गुम्बा पछाडीबाट भन्सार छलिका अन्दाजी ७५ हजार मुल्य बराबरका भाईरल साडी, लेडिज सुट, धोती लगायतका सामान आज बिहान प्रहरीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस