सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘डिग्री माइला’मा आँचल शर्मा अनुबन्धित

२०८० भदौ १७, ०५:३२ खबर संवाददाता

काठमाडौंः  रामबाबु गुरुङले निर्देशन गर्न लागेको चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को शीर्ष भूमिकामा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन्।

यो फिल्ममा आँचललाई दयाहाङ राईको अपोजिटमा कास्ट गर्न लागिएको निर्देशक गुरुङले बताए। आँचल अनुबन्धित भएसँगै अब यो फिल्ममा कलाकारको लाइनअप पूरा भएको छ। निर्देशक तथा निर्माता गुरुङले आँचलसँग फिल्मलाई लिएर सहमति भएको बताए। यसअघि माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे पनि फिल्ममा जोडिइसकेका छन्।

यो फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन। आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो समयका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ। शीर्ष भूमिकामा दयाहाङले अभिनय गर्नेछन्। फिल्मलाई २०८१ सालको वैशाख १ गते रिलिज गर्ने बाँसुरी फिल्म्सले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस