सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधको प्रयोग र कारोबार रोक्न समिति गठन

२०८० भदौ १७, ११:४७ खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधको प्रयोग र कारोबार रोक्न समिति गठन गरिएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयामा लागुऔषधको प्रयोग तथा कारोबार रोक्न समिति गठन गरिएको हो। 

लागुऔषधको प्रयोग तथा रोकथापमका लागि गठन गरिएको समितिका युवाले वडा कार्यालयको सहकार्यमा ‘आफ्नो गाउँ आफै सुधारौ’ अभियान सञ्चालन गर्ने छन्। 

उक्त अभियानले गाउँमा भइरहेका अनैतिक कार्यहरु गर्ने ड्रग्स, ब्राउन सुगर, चरेस, गाँजा र नाबालकहरुले मदिरा सेवन जस्ता कार्य गर्दै आएकाले रोक्न समिति गठन गरिएको हो। इलाका प्रहरी कार्यालय, मसुरियासँगको सहकार्यमा अभियान सञ्चालन गरिने समिति संयोजक लक्की साउँदले बताए।

वार्ड अध्यक्ष विष्णुप्रसाद भाटले लागुऔषध कारोबार तथा प्रयोग गरेको जानकारी समिति तथा प्रहरीलाई जानकारी दिन आग्रह गरेका छन्। कैलाली–कञ्चनपुरसहित सुदूरपश्चिममा लागुऔषधको कारोबार र प्रयोग बढेको छ। प्रहरीलेसमेत लागुऔषधको कारोबार तथा सेवन निणन्त्रणका लागि अभियान सञ्चालन गरेको छ। 

 

कमेन्ट लोड गर्नुस