सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागुऔषसहित चार जना पक्राउ

२०८० भदौ १७, ०८:२४

धनगढीः कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ बा सुन्य दशमलव ०१५ ग्राम लागुऔषधसहित चार जना पक्राउ परेका हुन्।

प्रदेश प्रहरीका अनुसार पक्राउ पर्नेमा डोटीको पूर्वी चौकी गाउँपालिका वडा नम्बर ५ का २७ वर्षिय केशु साहु, डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ७ का २८ वर्षिय  बल बहादुर बुढा क्षेत्री, कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्ब। ९ का २६ वर्षिय नविन भट्ट र सोही डाउँका ३० वर्षिय सिद्धराज पनेरु रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान जारी हरेको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस