सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा बस दुर्घटनाः मृतक ५ जनाको सनाखत

२०७६ वैशाख ११, १०:५२ खबर संवाददाता

डडेल्धुराको साहुखर्कमा भएको बस दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार मृतक ५ मध्ये ४ नेपाली र एक भारतीय नागकि छन्। बझाङको तल्कालेट गाउँपालिका वडा नम्वर ४ का ४४ बर्षीय धनवहादु घर्ती, केदारस्यू गाउँपालिका वडा नम्वर ५ का २५ बर्षीय नरेन्द्रगुरु धामी, ४० बर्षीय हरुली बोहरा र ५५ बर्षीय कलसीगुरु धामी रहेका छन्। भारतीय नागरिक महोमद नसिदको पनि दुर्घटनामा परि मृत्यु भएको छ। 
धनगढीबाट बझाङ गईरहेको बस आज विहान पौने ५ बजे डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परि अन्य ३४ जना घाईते भएका छन्। ३० जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ भने बाँकी ४ जनालाई अन्यत्र रेफर गरिएको छ। 

कमेन्ट लोड गर्नुस