सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

२०८३ वैशाख २, ०९:१८ खबर संवाददाता

धनगढीः चोरी मुद्दामा फरार कैलालीको टीकापुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको मिति २०८१ पुस २२ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय र १५ हजार जरिवाना तोकिएको जिल्ला कैलाली टीकापुर नगरपालिका–१ बस्ने २९ वर्षीय प्रदिप कुमार भण्डारी पक्राउ परेका हुन्। भण्डारीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलबार निजको घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।   

कमेन्ट लोड गर्नुस