डडेल्धुराको अजयमेरुमा जन्ती बोकेको जिप दुर्घटना, ९ जना घाईते
डडेल्धुरा –जिल्लाको अजयमेरुमा जन्ती बोकेको स्कारपीयो जिप दुर्घटना हुँदा ९ जना घाईते भएका छन्। कंन्चनपुर बाट जन्ती बोकी आएको म १ च ६४४ नम्बरको स्कारपीयो डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालीका वडा नम्वर ६ देवल स्थित बलना भन्ने ठाँउमा दुर्घटना भएको हो। दुर्घटनामा घाईते भएका ९ जना मध्ये चालक सहित तीन जना गम्भीर घाईते भएका छन । अजयमेरु गाँउपालीका वडा नं ६ बलना बस्ने २० वर्षीया मदन राज पनेरु, २५ वर्षीया सन्तोस पनेरु, कैलाली वेदकोट नगरपालीका वडा नं १० दैजी बस्ने ३५ वर्षीया गाडी चालक मदन कलौनी रहेका छन्।
अजयमेरु गाँउपालीका वडा नं ६ बलना बस्ने २२ वर्षीया असोक पनेरु, २३ वर्षीया किस्न दत्त पनेरु, ४५ वर्षीया राम दत्त जोशी, र सामान्य घाईतेमा अजयमेरु गाँउपालीका वडा नं ६ बलना बस्ने २५ वर्षीया सिद्ध राज पनेरु, ४६ वर्षीया लम्मी दत्त पनेरु रहेका छन।
घाईतेको डडेल्धुरास्थित डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ।