सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा बस दुर्घटना, ५ जनाको मृत्यु २६ घाईते

२०७६ वैशाख ११, ०६:५३ खबर संवाददाता

डडेल्धुराको साहुखर्कमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। अन्य २६ जना घाईते भएका छन्। धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्वरको बस डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको हो। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो।

मृतको अहिले सम्म सनाखत हुन सकेको छैन्। यसअघि डडेल्धुरा प्रहरीले नै ७ जनाको मृत्यु भएको जानकारी दिएपनि घटनास्थल पुगेपछि ५ जनाको मुत्यु भएको जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरिक्षक नेतृत्वको टोली गएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाकी छ। साहुखर्क क्षेत्रमा टेलीफोन सम्पर्क समेत हुन सकिरहेको छैन्।

कमेन्ट लोड गर्नुस