सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनैपूणिर्माको रहस्य र महत्त्व

२०८० भदौ १४, १०:०० खबर संवाददाता

कुबेर खड्का ( फकिरयात्री३६) : 

“येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।”

यम संहितांमा उल्लेख भए अनुसार प्राचीन कालमा पुरूषहरू सरह नारीहरूलाई पनि जनै लगाउने अधिकार रहेको देखिन्छ। नारीहरूको उपनय संस्कार पनि हुन्थ्यो भने वेद पढ्ने र गायत्री जप गर्ने पनि आज्ञा पनि रहेको सो शस्त्रले देखाउँछ । प्रचलनमा यो अलि हाम्रो समाजमा न्युन देखिन पाइन्छ।

सत्ययुगमा पद्म सूत्रको, त्रेतायुगमा स्वर्ण सूत्रको, द्वापरयुगमा रजत सूत्रको र कलीयुगमा धागाको सूत्रबाट बनेको तन्तुको जनै लगाउने परम्परा बारे शास्त्रमा लेखिएको र इतिहासले नै जनैको महत्व सत्य युगदेखी नै रहिआएको पाइन्छ।
शास्त्रमा तोकिए अनुसार कपासको धागोलाई ९६ अंगुल लम्बाई तयार पारी तेब्बर गरी ग्रन्थ शिखा पारेर अर्थात नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी जनै तयार गरिन्छ साथै यो सस्कार हराउदै गएको पनि छ जस्ले जनैपूणिर्माको महत्त्व बुझेका छैनन् ! तिनीहरुले नै धर्मको बिरोधाभाष गरेको पाइन्छ । सत्य बोली नै मेरो धर्म हो ।

जनै पुर्णिमाको दिन नाडिमा धारण गरिने रक्षा बन्धनको छुट्टै महत्व रहेको छ । यो सुत्र ५, ७, ९ फन्को घुमाइ लगाउने रित रहेको छ । रक्षा बन्धनका एक–एक सुत्रले पाँच फरक–फरक सुत्रलाई प्रतिनिधित्व गर्छन । एक–दोश्रो स्नेह बाट उदभव हुने शान्ति सुत्र, तेश्रो शान्ति बाट समृद्ध बन्ने सुत्र, चौथो संयमबाट तन्दुरुस्त रहने सुस्वास्थ्य सुत्र, पाँचौ स्वस्थ शरिरबाट बढ्ने चिन्तन साथै शारिरिक शक्ती सुत्र बुझिन्छ यस्को गरिमा अत्यन्तै महत्त्वपूर्णजनक रहेको छ ।

चिकित्सा विज्ञानका अनुसार दायाँ कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुन्छ । त्यसैले सौचकृयाको समय दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुने बैज्ञानिक मत रहेको छ । बैज्ञानीक मत अनुसार यो डोरी ( जनै ) धारण गर्दा शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी बिन्दु, फोक्सोको बाहिरी बिन्दु र नाभीको बाहिरी भागलाई स्पर्श हुने हुंदा मुटु, कलेजो, फोक्सो र शरीरका सूक्ष्म अंगलाई क्रियाशील हुन मद्दत पुर्याउने गर्दछ । शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ । दाँया काँधबाट कम्मरसम्म फैलिएको यो रेखाको विद्युत प्रवाहलाई जनैले नियन्त्रित गर्ने कारण बिज्ञानले देखाएको पाइन्छ ।

जनैमा प्रयोग गरिने नौ गुनाले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको मानिन्छ भने नौ तन्तुमा क्रमश्ः ओंकार, अग्नि, अनन्त, चन्द्रमा, पितृगण, प्रजापति, वायु, सूर्य र अन्त्यमा सबै देवता प्रतिष्ठित रहेको उल्लेख गरेको पाइन्छ , जोतिस सास्त्रले उल्लेख गरेको पनि पाइन्छ । जनै तयार गरिंदा पाँच गाँठालाई पञ्चमहायज्ञका प्रतीक मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग बुझिन्छ ।

 श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) क्वाँटी पुन्ही, संस्कृत दिवस तथा गाईजात्रा पर्वको पावन अवसरमा देश, विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एंवम उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
 

कमेन्ट लोड गर्नुस