सुदूर नेपाललाई विश्वसँग जोड्दै

भक्तपुरमा एक बसमा आगजनी

२०८० भदौ १४, ०९:४३ खबर संवाददाता

काठमाडौं: भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटो चोक नजिक एक बसमा आगजनी भएको छ। सडक छेउमा पार्किङ गरेर राखिएको बा ४ ख ६६६९ नम्बरको बसमा आज बिहान ३ बजेर १० मिनेटमा आगजनी भएको हो।

बसमा आगजनी भएको खबर पाउनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले दमकलको सहायतामा बिहान साढे ३ बजेतिर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। बसमा कसले र किन आगजनी गर्यो भन्ने खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए।

कमेन्ट लोड गर्नुस