सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेस्रो पाथिभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता बैशाख २२ देखि हुने

२०७६ वैशाख १०, ०७:१८ खबर संवाददाता

तेस्रो संस्करणको पाथिभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता वैशाख २२ देखी २६ गतेसम्म ताप्लेजुङको मैवाखोला गाउँपालीका हुने भएको छ। आयोजकले मंगलबार काठमाडौंमा आयोजक जलजले क्लव साघुले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो।

प्रतियोगितामा ७ प्रदेश, विभागीग टोलीका आर्मी,नेपाल पुलिस, एपीएफ क्लब र विश्व विद्यालयको एक टोली गरी ११ टिमको सहभागिता रहने छ। प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार ५ सय ५ रुपैँया पाउने आयोजकले जनाएको छ। उप विजेता टोलीले १ लाख ७६ हजार,२ सय ५१ रुपैँया प्राप्त गर्ने छ। सेमिफाइनमा पराजित हुने टोलीले नगद रु ५०÷५० हजार रुपैयाँ प्राप्त गर्नेछन।

विधागत विधातर्फ उत्कृष्ट सर्भर, डिफेन्डर, ब्लकर, सेटर, कुईकर, ओपन स्पाईकर र कोचले जनही ७ हजार प्राप्त गर्ने बताईएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले रु २ हजार प्राप्त गर्ने छन्। प्रतियोगिताको कुल बजेट ३६ लाख ५६ हजार अनुमान गरेको प्रतियोगिताका संयोजक दिवस चोङवाङले जानकारी दिए। प्रतियोगिता लिग कम नक आउटका आधारमा सन्चालन हुने छ। प्रतियोगिता मैवाखोला गाउँपालीका वाड नं. ३ साघु स्थित नारायणी मावि को खेल मैदानमा हुनेछ।

प्रतियोगिताको नगद पुरस्कारको प्रायोजन ताप्लेजङ जिल्ला निवासी हाल काठमाडौं बसोवास गर्दै आएका युवा ब्यवसायीहरु बल वहादुर तामाङ, ईश्वरी पौडेल र रमेश बरालले संयुक्त रुपमा गरेका छन्। प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि नेपाल पुलिस क्लवले जितेको थियो।
 

कमेन्ट लोड गर्नुस