सुदूर नेपाललाई विश्वसँग जोड्दै

पन्त हत्या प्रकरण : अधिकारकर्मीहरुद्धारा जिल्ला प्रशासनमा धर्ना

। फोटो स्रोत ।
२०७६ वैशाख १०, ०५:०३ खबर संवाददाता

बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकि १३ वर्षीया  निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै मगंलबार जिल्ला प्रशासन कार्यालयको गेटमा २ घण्टा अधिकारकर्मीहरुले धर्ना दिएका छन। अधिकारकर्मीहरुले संघर्ष समितिको अगुवाइमा जिल्ला प्रशासन कञ्चनपुरको गेटमा २ घण्टा धर्ना दिएका हुन्। 

घटना भएको ९ महिना पुग्दा सम्म पनि हत्यारा पत्ता नलागेको भन्दै जती सक्दो चांडो हत्यारा पत्ता लगाई कारवाहिको माग गर्दै धर्ना संगै अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएकाछन। मगंलबार बिहान साढे १० वजे देखि १२ वजे सम्म पीडित परिवार सहित अधिकारकर्मीहरुले धर्ना दिएका हुन। 

घटना भएको लामो समयसम्म पनि अपराधी पत्ता नलाग्दा न्याय अनुभुति गर्न नपाएको ज्ञापन पत्र बुझाउँदै नागरिक संघर्ष समितिका सदस्य नर बहादुर साउदले बताए। उनले ९ महिनासम्म पनि अपराधी पत्ता नलाग्नु दुखद भएको बताए।

यस्तै ज्ञापन पत्र बुझदै प्रमुखजिल्ला अधिकारी सुशिल बैद्यले घटनाको अनुसन्धान भईरहेको र विभिन्न टोलीले निरन्तर अनुसन्धान गरिरहेको ले अपराधि छिट्टै पत्ता लाग्ने विश्वास व्यक्त गरे। 

 

कमेन्ट लोड गर्नुस