सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज यी जिल्लाका नदीमा बहाब बढ्ने

२०८० भदौ ११, ०९:४६ खबर संवाददाता

धनगढीः आगामी ३ दिन देशका प्रमुख नदीहरूको जलसहत घट्दो क्रममा रहने भएको छ । कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई बाग्मती पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह घट्दो हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार घट्दो क्रममा रहेपनि सतर्कता तहभन्दा केही तल मात्र हुने छ। 

आज (सोमवार) कमला र यसका सहायक नदीमा जलसतह सतर्कता आसपास हुने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार आज ईलाम, झापा, पाँचथर, ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ, मोधलश, सोलुखुम्बु, उदयपुर सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, काभ्रेपलान्चोक, गोरखा, कास्की, पर्वत, लमजुङ, बागलुङ, स्याङबा, पाल्पा, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, अछाम, मजुदरा, अझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही स–साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ। यी जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
 

कमेन्ट लोड गर्नुस