सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय वाणिज्य बैंक अत्तरियाको टोकन मेसिन बिग्रिएपछि सेवाग्राहीलाई सास्ती

२०८० भदौ १०, ०४:५७ खबर संवाददाता

धनगढीः  कैलालीको अत्तरियामा रहेको राष्ट्रिय वाणिज्य बैंकको टोकन मेसिन बिग्रिएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ।

बैंकमा टोकन प्रणाली जडान भएपछि लाइनमा बस्नुपर्ने बाध्यता हटेको भएपनि मेसिन बिग्रिएपछि पुनः लाइन लाग्नुपर्ने अवस्था सृजना भएको हो। बैंकका सेवाग्राही कृष्ण विश्वकर्माले बैंकमा टोकन सिस्टम बिग्रिँदा निकै समस्या भएको बताए। साथै ज्येष्ठ नागरिक तथा अशक्त,अपाङ्ग भएका व्यक्तिले झनै सास्ती खेप्नु परिरहेको छ।

बैंक प्रशासनले बिग्रीएको मेसिन बनाउन धनगढी पठाएको भएपनि सामान नभेटिँदा मर्मतमा ढिलाई भएको जनाएको छ। मेसिनका सामान तत्काल ल्याएर छिट्टै सञ्चालन गरिने बैंकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस