सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अचेत भेटिएका वृद्धको महाकालीमा उपचार हुँदै 

२०८३ असार १५, ०८:२७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–४ सब्जीमण्डीमा अचेत अवस्थामा भेटिएका वृद्धको प्रहरीले उद्धार गरेको छ।

आइतबार दिउँसो नाम थर नखुलेका अन्दाजी ६०/६५ वर्षीय पुरुषको प्रहरीले उद्धार गरेको हो। प्रहरीले सेतो कलरको सर्ट, सेतो पैजमा लगाएको, कपाल र दारी फुलेको, उचाइ अन्दाजी ५.५.फिट, वर्ण गोरो, अवस्था सिरियस रहेकाले चिन्ने व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ। उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस