सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलिदेखि मुद्दाको पेसी तारिख स्वचालित प्रणालीबाट हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

२०८० भदौ १०, ०४:३९ खबर संवाददाता

काठमाडौँः  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहज रुपमा न्याय दिने उद्देश्यले सोमबारदेखि पेसी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन्।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले भोलिदेखि उक्त प्रणाली लागू गर्न लागिएको बताए। ‘पहिला सर्वोच्च अदालतमा परीक्षणका रुपमा मुद्दाको पेसी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ, परीक्षण सफल भए काठमाडौं जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ,’ प्रधानन्यायाधीश श्रेष्ठले भने।

यो प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको भन्दै उनले यसको प्रयोग सफल भए न्यायसम्पादनमा सबैलाई फाइदा पुग्ने बताए। न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्नका लागि आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायलयप्रति जनआस्थावृद्धिका लागि काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
 

कमेन्ट लोड गर्नुस