सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसपीए रिडर्स च्यालेन्ज घोषणा, धेरै पढ्नेले नगद पुरस्कार पाउने

२०८० भदौ १०, ०२:२३ खबर संवाददाता

धनगढीः पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित धनगढीको एसपीए कलेजले एसपीए रिडर्स च्यालेन्ज घोषणा गरेको छ। च्यालेन्जमा सर्वाधिक किताब पढ्ने पाठकहरुले नगद पुरस्कार पनि पाउने भएका छन्। पाठकले आफूसँग भएका वा किनिएका जुनसुँकै पुस्तक पनि पढ्न पाउनेछन्।

तोकिएको अवधिमा आफूले पढ्ने वा पढिरहेका पुस्तकहरुको सुची क्याम्पसमा बुझाउनुपर्नेछ र अवधि समाप्त भएपछि पढेका पुस्तकहरुबारे छोटो समिक्षा लेख्नुपर्ने क्याम्पस प्रमुख योगराज गौतमले बताए। ‘राजालाई देशमा पुजिन्छ भने विद्धानलाई संसारमा पुजिन्छ भन्ने पुर्खाहरुको भनाई छ,’ गौतमले भने, ‘विद्धान, सभ्य, समझदार नागरिक उत्पादन गर्न पठन संस्कृतिको विकास हुन आवश्यक छ।

सोही विषयलाई मध्यनजर गरी हामीले यो च्यालेन्ज घोषणा गरेका हौं।’ यो अभियान यही भदौ ८ गतेदेखि मंसिर ८ गतेसम्म चल्नेछ। पाठकहरुले सो अवधिमा आफूले पढेका पुस्तकहरुको सुचि र ती पुस्तकको बढीमा ३०० शब्द नबढाई समिक्षा लेख्नुपर्नेछ। त्यसका आधारमा विजेता घोषणा गरिने गौतमले बताए।

कमेन्ट लोड गर्नुस