सुदूर नेपाललाई विश्वसँग जोड्दै

कलाकार सानु ताम्राकारको निधन

२०८० भदौ ९, ०८:१८ खबर संवाददाता

काठमाडौंः  कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ।

काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए। उनले भने, ’विगत २४ दिनदेखि उपचाररत रहनुभएका उहाँ हामीमाझ रहनुभएन। उहाँलाई आइतबार बिहान पशुपतिस्थित आर्यघाटमा श्रद्धाञ्जलि दिएर अन्त्येष्टि गर्ने तयारी छ।’

अध्यक्ष निरौलाले कलाकार ताम्राकारको निधनले संघसँगै आफू पनि मर्माहत भएको बताए। ‘मेरी मामु’, ‘भुइँ मान्छे’, ‘ग्याम्ब्लर’, ‘पल’लगायतका चलचित्रमा अभिनय गरेका कलाकार ताम्राकारकी श्रीमती रुकमणि ताम्राकार हुन्। ताम्राकारका छोरा सारुक ताम्राकारले गत असार २१ मा आत्महत्या गरेका थिए। छोराले आत्महत्या गरेयता उनी अस्वस्थ थिए। 
 

कमेन्ट लोड गर्नुस