सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

२०८० भदौ ९, ०५:५४ खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–१ खडक चोक स्थित लम्की सडक खण्डबाट लागुऔषधसहित बर्दगोरीया गाउँपालिका–१ उत्तरमुडाका २५ वर्षीय योगेशबहादुर स्वार पक्राउ परेका हुन्।

उनी ६ ग्राम ६७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस