सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका एक जनाको करेन्ट लागेर बुटवलमा मृत्यु

२०८० भदौ ९, ०३:५६ खबर संवाददाता

बैतडीः  बैतडी घर भएका एकजना पुरषको करेन्ट लागेर बुटवलमा मृत्यु भएको छ।

जिल्लाको सुर्नया गाउँपालिका–२ कट्नोलीका ४३ बर्षीय हरिश चन्दको करेन्ट लागेर मृत्यु भएको हो। एक निर्माण कम्पनीमा विद्युतको काम गर्दै आएका चन्दको विद्युतकै काम गर्ने सिलसिलामा करेन्ट लागेर बिहीबार मृत्यु भएको कट्नोलीका स्थानीय तथा राप्रपाका जिल्ला उपाध्यक्ष देवबहादुर चन्दले बताए।

गौरा पर्वको समयमा चन्दको निधन भएपछि अहिले पुरै गाउँ शोकमा डुबेको छ। मृतक चन्दको घरमा श्रीमति, तीन छोरी र एक छोरा रहेका छन्। मृतक चन्दको वासुलिंग आर्यघाटमा आजमात्रै दाहसंस्कार गरिएको छ। 

कमेन्ट लोड गर्नुस