सुदूर नेपाललाई विश्वसँग जोड्दै

धरानमा आज मध्यराति १२ बजेसम्म निषेधाज्ञा हुने

२०८० भदौ ९, ०९:५४ खबर संवाददाता

काठमाडौं: गोरु काटेर मासु खाएको विषयलाई लिएर हिन्दु र गैरहिन्दु समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै धरानमा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ। 

धरान उपमाहनगरपालिका क्षेत्रमा धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ। गएराति १२ बजेदेखि आजराति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। 

हिन्दु र गैरहिन्दु दुवै पक्षले आज विरोधका कार्यक्रम आयोजना गरेपछि थप द्वन्द्व सिर्जना नहोस् भन्नका लागि निषेधाज्ञा जारी गरिएको पाण्डेले बताइन्। निषेधाज्ञामा अत्यावश्यक बाहेक कुनै पनि धार्मिक, सामाजिक, राजनैतिक सभा तथा ¥याली गर्न नपाइने भनिएको छ। अहिलेसम्म निषेधाज्ञा पूर्णरूपमा पालना भएको र सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी तथा प्रवक्ता राजकुमार राईले जानकारी दिए। 

धरानको शान्तिसुरक्षा मजबुत बनाउन प्रत्येक गौडा र मुख्य बजार क्षेत्रमा पर्याप्त प्रहरी परिचालन गरिएको उनले बताए। धरानमा एक हजारभन्दा बढी प्रहरीले घेराबन्दी गरी सुरक्षा जाँचलाई प्रभावकारी बनाएको छ। 

कमेन्ट लोड गर्नुस