सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

२०८० भदौ ९, ०८:३८ खबर संवाददाता

काठमाडौं: कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। पानीको बहाव बढेपछि गएराति नै ५६ वटै ढोका खोलिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको जानकारी दिँदै आज बिहान पानीको बहाव प्रतिसेकेणड ३ लाख ८३ हजार ८०५ क्यूसेक मापन भएको छ। यद्यपि अब पानीको बहाव पनि घट्दै गएको र खतराको संकेत टर्दै गएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन्। कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस