सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगरपालिकाबाटै वन कब्जा, स्थानीयलाई छलेर वडा भवन निर्माण

२०८० भदौ ८, १२:३०

वीरेन्द्र भट्ट, धनगढीः कैलालीको गोदावरी नगरपालिका (अत्तरिया) आफै वन अतिक्रमणमा लागेको तथ्य बाहिर आएको छ। स्थानीय सामुदायिक वनलाई नै कब्जा गरेर धमाधम भौतिक संरचना निर्माण भइरहेको हो। स्थानीयलाई समेत छलेर शक्ति र सत्ताको दुरुपयोग गर्दै गोदावरी नगरपालिका आफै वन अतिक्रमणमा संलग्न भएको हो।

No description available.

वन अतिक्रमणमा नगरप्रमुख बिरेन्द्र भट्ट, वडा नम्बर ४ का वडाअध्यक्ष हेमप्रकाश मल्ल लगायत नेपाली काँग्रेसका केहि नेताकै आडमा वन अतिक्रमण भइरहेको विषय बाहिर आएको छ। वडा नम्बर ४ को बसन्तपुर (खैराना) महिला सामुदायिक वन अतिक्रमण गरेर आलिसान भवन निर्माण भइरहेको हो।

No description available.

भवन निर्माणको काम दिउँसोभन्दा राति हुने गरेको छ। घनघोर जंगलभित्र वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माण भइरहेको छ। तर कसैले के को भवन हो भनेर प्रश्न गर्दा वन कार्यालयको भवन भनेर भन्नु भनेर नगरपालिकाले काम गर्ने ठेकेदार र कामदारलाई उर्दी नै जारी गरेको छ।

जंगलभित्र भवन निर्माणका लागि कहिँकतैबाट अनुमति समेत लिइएको छैन्। झण्डै एक करोड ३५ लाखमा भवन निर्माण गर्ने योजना भएपनि ठेक्का लगाउँदा ८६ लाखमा काम भइरहेको हो। वडा भवन निर्माणका लागि कुनै राष्ट्रिय स्तरको पत्रिकामा सूचना समेत प्रकाशन नगरी खुसुक्क वन कार्यालयको नाममा वडा कार्यालय निर्माण भइरहेको स्रोतले बताएको छ।

भवन निर्माणमा ठुलो आर्थिक चलखेल मात्र नभएर वन कार्यालयसँग समेत कुनै सहमति नगरेर रातारात शक्ति र सत्ताको आडमा घनघोर जंगलभित्र वडा कार्यालय भवन निर्माण भइरहेको छ। वडा कार्यालय भवनको विषयमा गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मल्लले कुनै प्रतिक्रिया नदिएर अनविज्ञता जनाएका छन्।

नगरप्रमुख, वडाअध्यक्ष र केहि नेपाली काँग्रेसका नेताकै आडमा जंगल कब्जा गरेर रातारात वडा भवन निर्माण भइरहेको छ। वडा भवन कार्यालय निर्माण भइरहेको विषयमा कसैलाई जानकारी नहुने गरी एक महिनादेखि लुकीछिपी काम भइरहेको स्रोतले बताएको छ। तर डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले यो विषयमा तुरुन्तै एक्सन लिने बताएका छन्।

कमेन्ट लोड गर्नुस