सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १२ गते प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर हुने

२०८० भदौ ७, ०५:५९ खबर संवाददाता

काठमाडौंः  प्रतिनिधिसभामा भदौ १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ।

सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमबारे जानकारी गराएका हुन्। प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनेछन्।
सभामुख घिमिरेका अनुसार यस पटक समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न पाउनेछन्।

प्रश्न सोध्न चाहने सांसदलाई भदौ ८ गते दिउँसो ३ बजेभित्र प्रतिनिधिसभाका सचिवलाई सूचना दिन सभामुख घिमिरेले आग्रह गरेका छन्। प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ गते विहान ११ बजेका लागि बोलाइएको छ।
 

कमेन्ट लोड गर्नुस