कञ्चनपुरमा १०६ वर्षीय वृद्धद्वारा मतदान
२०८२ फाल्गुन २१, १०:४९
धनगढी: कञ्चनपुरमा १०६ वर्षीय एक वृद्धले मतदान गरेका छन्। भीमदत्त नगरपालिका–१० अन्तर्गत सिद्धनाथ माध्यमिक विद्यालय जिमुवामा रहेको मतदान केन्द्रमा उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
भीमदत्त–१० गड्डाचौकी निवासी गंगादत्त भट्टले परिवारका सदस्यको सहयोगमा मतदान केन्द्र पुगेर आफैँ मतपेटिकामा मतपत्र खसालेका थिए। वृद्ध अवस्थामै पनि उनले मतदान गरेर नागरिक कर्तव्य पूरा गरेका हुन्।
कमेन्ट लोड गर्नुस