सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको आजदेखि स्थलगत अनुगमन

। फोटो स्रोत ।
२०७६ वैशाख १०, १०:४४ खबर संवाददाता

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको लागि सूचीकरण हुन निवेदन दिएका स्वास्थ्य संस्थाहरुको आज मंगलबारदेखि स्थलगत अनुगमन सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि ती संस्थाको अनुगमन तथा निरीक्षण हुने जनाएको छ। सूचीकरण हुनको लागि निवेदन दिएका स्वास्थ्य संस्थाहरुको मलेसियाबाट प्राप्त मापदण्ड पुगेरनपुगेकोबारे स्थलगत निरीक्षण हुनेछ। 

काठमाण्डौ उपत्यका र उपत्यका बाहिर निरीक्षणको लागि प्राविधिक समूह खटिइसकेको पनि मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सूचीकृत हुन २९० स्वास्थ्य संस्थाले आवेदन दिएका छन्। सूचीकरणका लागि आएको निवेदनका आधारमा स्वास्थ्य मन्त्रालयको विशेषज्ञ टोलीले मापदण्ड पुगे, नपुगेको निरीक्षण गरेपछि गर्ने सिफारिसका आधारमा स्वास्थ्य संस्था छनोट गरिने मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत भएका अरु स्वास्थ्य संस्थाको पनि अनुगमन थालेको छ।
 

कमेन्ट लोड गर्नुस