सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई सहयोग

२०८० भदौ ७, १०:३१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाई सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई २२ थान र ३ झोला कपडा सहयोग गरिएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बोराडाँडीका जगदीश भट्टले २२ थान कपडा र धनगढी उपमहानगरपालिका नैनादेवी चोककी साबित्री सिवाकोटीले ३ झोला कपडा सहयोग गरेको बैंकले बताएको छ। बैंकमा जम्मा भएका कपडा निःशुल्क वितरण गर्ने गरिएको छ।
 

कमेन्ट लोड गर्नुस