सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाका ७७ जिल्ला अध्यक्षमा तीन जनामात्र महिला

२०७६ वैशाख ९, ०७:२८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  ७७ वटै जिल्ला कमिटीमा अध्यक्ष र सचिव बनाउँदा महिला भने जम्मा ४ जना परेका छन्। पार्टी एकताको एक वर्षपछि  ७७ वटै जिल्लामा नेकपाले अध्यक्ष र सचिव टुंगो लगाउँदा जिल्लाको नेतृत्वमा महिलाको सहभागिता भने नगन्य छ। लमजुङ, मकवानपुर र काभ्रेपलाञ्चोक अध्यक्ष महिलालाई सुम्पिएको छ। त्यस्तै महिला सचिव पाउने एकमात्र जिल्ला इलाम भएको छ।

लमजुङमा मधु अधिकारी, मकवानपुरमा मुनु सिग्देल  र  काभ्रेपलाञ्चोकमा रूकु चौलागाईंले अध्यक्ष बन्न पाएका छन्। इलामकी सचिव  सोममाया राई बनेकी छन्। एमाले र माओवादी मिलेर बनेको नेकपाको स्थानीय माथिल्ला निकायमा महिला सहभागिता छैन।

हरेक पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी व्यवस्था छ। तर नेकपाले भने केन्द्रीय समितिमा ३३ प्रतिशत  महिला नर्पुयाएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। साभार - सेतोपाटी

कमेन्ट लोड गर्नुस