सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

२०८० भदौ ६, १२:५१ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुका विभिन्न स्थानबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। कञ्चनपुरका विभिन्न स्थानबाट करिब एक लाख ३५ हजार मुल्य बराबरका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो।

मंगलबार साँझ कैलालीको धनगढी तथा कञ्चनपुरको पुनर्वास, बेलौरी र भीमदत्तनगरबाट भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट करिब ७ हजार मुल्य बराबरका लेडिज सुट, प्लाष्टिक डोरी, चिनीलगयातका सामान वरामद गरिएको छ।

त्यस्तै, पुनर्वासको डोके बजार, बेलौरीको दिनापुर र महेन्द्रनगरको बसपार्कबाट करिब एक लाख २७ हजार मुल्य बराबरका सुर्ती, बिँडी, मैदा, डिउ, बिस्कुट, पशु सम्बन्धी औषधीलगायतका सामान वरामद गरिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस