आठौँ दिनमै ३ सय करोड क्लबमा पुग्यो हिन्दी चलचित्र गदर–२
एजेन्सीः भारतीय चलचित्र गदर–२ ले ३ सय करोड कमाएको छ।
फिल्मले आठौं दिनमै यो उपलब्धि हासिल गरेको हो। चलचित्रले शुक्रबार २०.५ करोड कमाएको थियो। यसरी चलचित्रको कुल कलेक्सन ३०५.१३ करोड पुगेको छ। गदर–२ सबैभन्दा छिटो ३०० करोड क्लबमा प्रवेश गर्ने दोस्रो हिन्दी चलचित्र बनेको हो। यसभन्दा अगाडि शाहरुख खानको चलचित्र पठान छ। पठानले ६ दिनमा ३ सय करोड कमाएको थियो।
हिन्दी चलचित्र इतिहासमा ११ चलचित्रले मात्र ३ सय करोड कमाउन सफल भएका छन्। गदर–२ तीन सय करोड क्लबमा प्रवेश गर्ने १२ औं चलचित्र बनेको छ। पठान ५४३.०५ करोडको साथ यो सूचीमा पहिलो नम्बरमा छ।