सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधान कार्यान्वयन हुने गरी कानुन निर्माण भएन : बाबुराम भट्टराई

। फोटो स्रोत ।
२०७६ वैशाख ९, ०२:३९ खबर संवाददाता

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संविधान कार्यान्वयन हुने गरी कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाएका छन्। 

संयोजक भट्टराईले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन सरकारले प्रस्ताव गरेको राष्ट्रिय समन्वय परिषद र प्रदेश समन्वय परिषद पनि व्यवहारिक नभएको दाबी गरे। सोमबार ललितपुरमा डा. रुद्र शर्माद्वारा लिखित पुस्तक ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ पुस्तकको विमोचन गर्दै उनले संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई बलियो बनाउने गरी कानुन निर्माण गरेर संघीयता कार्यान्वयनमा जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

संयोजक भट्टराईले वित्तीय संघीयता र प्राकृतिक स्रोतसाधनको बाँडफाँडसम्बन्धी विवाद नेपालको संघीयता कार्यान्वयनको विवादको मूल विषय रहेकाले विवाद निरुपणका लागि व्यापक बहसको जरुरी रहेको पनि स्पष्ट पारे। कार्यक्रममा बोल्दै पूर्व सभामुख दमननाथ ढुंगानाले संघीयता कार्यान्वयनका लागि सरकारले सबै प्रदेशको सन्तुलित विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।

उनले सबै प्रदेशको समुचित विकास गरेर एकीकृत राष्ट्रिय भावनाको विकास गर्नु नेपालको संघीयताको मूल चुरो भएको उल्लेख गर्दै त्यसै अनुरुपको कामलाई अघि बढाउन पनि सरकारलाई सुझाव दिएका छन्। पुस्तकमा संविधान बमोजिम नेपालको संघीयतामा प्रदेश सरकारको भूमिका सशक्त हुनुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरिएको छ। प्रदेश सरकार नै संघीयतामा जनअपेक्षा पूरा गर्ने सरकार भए पनि त्यही अनुसारको अधिकार प्रत्यायोजन हुन नसकेको पुस्तकका लेखक शर्माले बताए। 

कमेन्ट लोड गर्नुस