सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ठगी आरोपमा आरएनसीका संस्थापक पक्राउ

२०८० भदौ १, ०३:४४ खबर संवाददाता

अछामः  अछाममा ठगी गरेको आरोपमा नेटवर्किङ मार्केटिङ गर्ने आरएनसी ट्रेडिङ प्रालिका संस्थापकलाई प्रहरीले पक्राउ गरेको छ।

आर्थिक प्रलोभवनमा पारेर सर्वसाधारणबाट रकम असुुल गर्दै आएका बैतडीको पाटन नगरपालिका–१० का २३ वर्षीय राहुल भनिने रबिन चन्दलाई मंगलसेनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए। अछामका ३७ जनालाई नेटवर्किङ मार्केटिङमा जोडेर सो कम्पनीले पैसा उठडाउँदै आएको थियो। सो कम्पनीमा जोडिएका ३७ जनामध्ये १० जनाले जिल्ला प्रहरी कार्यालय अछाममा दिएको जाहेरीका आधारमा ठगीको आरोपमा चन्दलाई पक्राउ गरिएको हो।

नेटवर्किङ मार्केटिङ कार्यमा संलग्न डडेल्धुराको आलिताल गाउँपालिका–६ का २१ वर्षीय पृती ऐरीलाई २०७९ चैत ९ गते प्रहरीले पक्राउ गरेको थियो। फरार रहेका मुख्य व्यक्ति रबिन चन्दलाइ बिहीवार प्रहरीले पक्राउ गरेको हो। सो कार्यमा संलग्न बैतडीको सुर्नया गाउँपालिका–२ का २३ वर्षीय भीमसिंह ऐरी र बाजुराको खप्तड क्षेडेदह गाउँपालिका–३ का २० वर्षीय गणेश खड्का फरार रहेका छन्। ३७ जनाबाट प्रतिव्यक्ति १६ हजार देखि २४ हजारका दरले पाँच लाख २६ हजार एक सय रकम संकलन भएको पाइएको छ।
 

कमेन्ट लोड गर्नुस