कैलालीको चुरेमा पहिरोले खोला थुनियो, चौमाला क्षेत्र जोखिममा

धनगढीः कैलालीको चुरेमा पहिरोले खोला थुनिएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ मैटाडमा पर्ने भासु खोला, खानीडाँडा खोला र जलजला खोलाको पानी पहिरोका कारण थुनिएको हो।
स्थानीयका अनुसार पहिरोका कारण खोलामा पानीको ताल बनेको छ।
पहिरो थुनिएर भएको ताल फुटे तल्लो क्षेत्रमा क्षति हुने जोखिम छ। वडाअध्यक्ष वीरबहादुर धामीका अनुसार ताल फुटे चुरेको चौमाला र गोदावरी नगरपालिकाको कोलमुडा क्षेत्रमा क्षतिको सम्भावना छ। स्थानीयले पाँच सय मिटर लामो र ५० मिटर गहिरो ताल बनेको बताएका छन्।
प्रहरीले पनि स्थलगत अनुगमन गरेको छ। जोखिममा रहेका घरको सूचिसमेत प्रहरीले संकलन गरेको थियो। तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले जोखिमको विषयमा अविज्ञात छन्। उक्त क्षेत्रमा दुई घर रहेको फल्टुडे प्रहरीले बताएको छ।



