सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा अटो दुर्घटना

२०८० साउन ३२, ०४:३८ खबर संवाददाता

अछामः  अछाममा आज(बिहीवार) अटो दुर्घटना भएको छ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनको ढोगदिना भन्ने ठाउँमा सु.प.प्र.०१÷००१ ख ५५ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको हो। अटो दुर्घटनामा परेर ३ जना घाइते भएका छन्। घाइते हुनेमा अटोमा सवार बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनका अन्दाजि ३८ वर्षीय नृप ओड, बान्नीगढी जयगढ गाउँपालिका–५ का २८ वर्षीय टंक साउँद र सोहि पवालिकाको–२ का अटो चालक २३ वर्षीय हेमराज साउद घाइते भएका छन्।

घाइते तीनै जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घाइते भएका ओडको अवस्था मध्यम र बाँकि दुई जनाको अवस्था सामान्य रहेको छ।
 

कमेन्ट लोड गर्नुस