सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा सरकारसँग वार्ता गर्न तयार

। फोटो स्रोत ।
२०७६ वैशाख ९, १२:३५ खबर संवाददाता

हिन्दू राष्ट्रसहित बिभिन्न २२ बुँदे मागहरु राखी सडक संघर्षमा उत्रिएको राप्रपा सरकारसँग वार्ता गर्न तयार भएको छ। कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले आइतबार वार्तामा आउन पत्र पठाएपछि राप्रपाले सरकारको पहलकदमी सकरात्मक भन्दै सोमबार वार्ता समिति गठन गरेको छ।

पार्टीका बरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। समितिको सदस्यमा महामन्त्री राजेन्द्र लिङदेन र नेता निरंजन थापा रहेको छन्। वार्ता मंगलबार बस्ने छ। राप्रपाले गत फागुन ७ गते हिन्दू राष्ट्रको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएर आन्दोलनमा उत्रिएको थियो।

कमेन्ट लोड गर्नुस