अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढ्यो, सम्पुर्ण ठाउँको मुल्यसुचीसहित हेर्नुहोस..

धनगढीः पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ।
स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो। विभागका अनुसार यात्रुवाहक सवारी साधनको साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ६.८३ प्रतिशतले वृद्धि गरिएको छ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था रहेको छ। हाल कायम भएको भाडा काठमाण्डौँ–अत्तरिया–मार्तडी बाजुरासम्मको बढेको छ। ९४४ दशमलब ६ किमी रहेको काठमाण्डौँ–अत्तरिया–मार्तडी बाजुरासम्मको भाडा बढेर ३०३२ कायम गरिएको छ। ८ सय १४ किलोमीटर रहेको (काठमाण्डौँ–अत्तरिया–सिलगढीको भाडा २४६८। यस्तै ६८८ किलोमिटरको धनगढी–काठमाण्डौँसम्मको भाडा १९४६ भएको छ। काठमाण्डौँ–अत्तरिया–डडेल्धुरासम्म ७७३ किलोमिटर रहेकोे भाडादर २२९३ कायम गरिएको छ। काठमाण्डौँ–अत्तरिया–डडेल्धुरा देखी बैतडी ८६४ किलोमिटरको भाडा बढेर रु २६२८ कायम गरिएको छ। यस्तै गुलरीया–भुरीगाउँ हूँदै धनगढीको ४३२ कायम गरिएको छ।
यस्तै डडेल्धुरा–चुनेपानीको भाडा ४३२, धनगढी–जनकपुरको २०९८ रुपैयाँ भएको छ। धनगढी–नेपालगञ्जको भाडा बढेर ५८३ कायम, धनगढी–बिराटनगरको २२७३ कायम गरिएको छ। धनगढी–स्याङ्जा देखी पोखराको १७६५ कायम गरिएको छ। नेपालगञ्ज–सिलगढीसम्मको ११७२ कायम गरिएको छ। बिरगञ्ज–धनगढी १८३४ कायम, भैरहवा–धनगढीको ९१८ कायम, भैरहवा–महेन्द्रनगरको १०१५। सुर्खेत–धनगढी ७९३ कायम, सुर्खेत–महेन्द्रनगर ८८२ कायम, काठमाण्डौँ–अत्तरिया–चैनपुर बझाङ ३०१५ कायम गरिएको छ।
.gif)


