सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ

२०८० साउन ३१, ०५:४२ खबर संवाददाता

काठमाडौँः  गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा मुछिएको आशंकामा थप ४ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अनुसार पक्राउ परेका ४ जनानै चिनियाँ नागरिक हुन्। सीआइबीका अनुसार आज पक्राउ पर्नेमा चिनियाँ नागरिकहरु तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन्। गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट भन्सार पास भएर बाहिरिएको सुन ३ गते राजस्वको टोलीले सिनामंगलबाट बरामद गरेको थियो।

स्कुटरको ब्रेक–शु भित्र राखेर ल्याईएको सुन ब्रेक–शुसहित १५५ किलो रहेकोमा मंगलबार टक्सार विभागमा नापजँच गर्दा ६० किलो ७१६ ग्राम मात्रै भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस