सुदूर नेपाललाई विश्वसँग जोड्दै

टर्कीका विपक्षी नेतामाथि कुटपिट

२०७६ वैशाख ९, ११:५८ खबर संवाददाता

टर्कीका विपक्षी दलका नेता कुटिएका छन्। टर्कीको अंकारामा आयोजना गरिएको श्रद्धाञ्जली समारोहमा सहभागी हुन पुगेका रिपब्लिकन पिपुल्स पार्टीका नेता केमल क्लिकदारोग्लुमाथि कुटपिट भएको हो। 

उनलाई कार्यकर्ताले भीडमाझबाट सुरक्षित रुपमा एक घरमा लगेर केहीबेर राखेपछि मात्र बाहिर निकालिएको थियो। टर्कीका कुर्दिस विद्रोहीसँगको भिडन्तमा मारिएका एक सैनिकको श्रद्धाञ्जली समारोहमा सहभागी हुने क्रममा उनीमाथि आक्रमण भएको हो। उनले पार्टीले उनी सुरक्षित रहेको र कुनै ठूलो चोटपटक नलागेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस